विश्वकपको उद्घाटन खेल सुरु, कतार र इक्वेडरबीच प्रतिस्पर्धा

बिहीबार, मंसिर ८, २०७९


काठमाडौँ–  फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु भएको छ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल भएको हो । 

उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच प्रतिस्पर्धा भइरहेको छ । 

कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रिएका छनु । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक विश्वकप  आयोजना भएको हो । 

समुह एमाआयोजक कतारसँगै नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

कतारका आठ वटा रङ्गशालामा आयोजना हुने विश्वकपको समूह ‘बि’मा इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सि’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् ।

त्यस्तै समूह ‘डि’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् । समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जि’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् ।

समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ । विश्वकप फुटबलका सबै खेल नेपालमा हिमालय प्रिमियम टेलिभिजनमा प्रशारण हुनेछ ।

यस्तै, आजको उदुघाटन खेल हिमालय टिभी एचडीमा निशुल्क हेर्न सकिनेछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्