युएईविरुद्ध नेपालले रोज्यो फिल्डिङ

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । युएईविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले फिल्डिङ गर्दैछ। त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि टस जितेर नेपालले बलिङ गर्न लागेको हो।

आधिकारिक कप्तानका रुपमा रोहितको यो पहिलो श्रृंखला हो। उनले घरेलु वातावरण र दर्शकको साथले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन्। उता टी–२० विश्वकप खेलेर फर्किएको युएई टोलीको नेतृत्व सीपी रिजवानले गरेका छन्।

ओडिआईमा हरिशंकर शाह र अर्जुन साउदले डेब्यू गरेका छन्। अर्जुन विकेटकिपर र हरिशंकर अलराउण्डर हुन्। अर्जुनले केन्या टुरमा टी–२० आईमा डेब्यु गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्