नेपालले यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आयोजना गर्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप क्रिकेट नेपालले सहआयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल र बंगलादेशको आयोजना प्रस्ताव स्वीकार गरेसँगै दक्षिण एसियामा यू–१९ महिला टी–२० विश्वकप क्रिकेट हुने निश्चित भएको हो । मार्टिन स्नेडनको नेतृत्वमा रहेको आईसीसी कमिटिले प्रतिस्पर्धामार्फत आयोजकको छनोट गरेर सिफारिस गरेको छ । आईसीसीले सो सिफारिस स्वीकारेसँगै नेपालले आयोजनाको मौका पाउने निश्चित भएको हो । यस्तै, आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२४ को आयोजना श्रीलंकाले गर्ने भएको छ । सोही प्रतियोगिता अर्को संस्करण जिम्बाब्वे र नामिबियामा हुनेछ । यस्तै, महिला यू–१० महिला टी–२० विश्वकप २०२५ मा मलेसिया र थाइल्यान्डमा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्