४०० मिटर महिला दौडमा एपीएफकी थारुलाई स्वर्ण

शुक्रबार, मंसिर ९, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०० मिटर महिला दौडमा एपीएफकी रमिता कुमारी थारुले स्वर्ण पदक जितेकी छन् । उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् ।

पोखरा रंगशाला ट्रयाकमा मंगलबार बिहान सम्पन्न दौडमा रमिताले ५८.१० सेकेण्ड टाइमिङ सहित स्वर्ण जितेकी हुन् ।

उनले ह्यान्ड टाइमिङमा दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेण्डको कीर्तिमान तोडेकी हुन् ।दिलमायाले २०१० मा ढाकामा उक्त कीर्तिमान बनाएकी थिइन् । ४ सय मिटर महिलामा दिलमाया र प्रमिला रिजालको नाममा ५९.९० सेकेण्डको इलेक्ट्रिक टाइमिङको कीर्तिमान छ।

बर्दियाकी २४ वर्षीया रमिताले राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेकी हुन् ।

त्रिभुवन आर्मी क्लबकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेण्ड टाइमिङसहित रजत जितिन् । एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेण्ड टाइमिङ सहित कास्य जितिन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३९
प्रतिक्रिया दिनुहोस्