नवौँ राष्ट्रिय खेलकुद : पुरुष भलिबल एपिएफको अपराजित यात्रा कायमै

बिहीबार, मंसिर ८, २०७९
पोखरा–नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली एपीएफ क्लबले अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१८ ले जितेको थियो । तेस्रो सेट २५–१० ले जित हात पारेर एपीएफले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । यस समूहबाट क्वाटरफाइनल पुग्ने अर्को टोलीको टुङ्गो भने सोमवार हुने सुदूरपश्चिम प्रदेश र एनआरएनए बीचको खेलपछि लाग्नेछ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा एपीएफले शतप्रतिशत जितसँगै ६ अंक जोडेको छ । प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्