गिरफ्तार पीटीआई नेता गिललाई यौन दुर्व्यवहार गरिएको थियो: इमरान खान

शुक्रबार, मंसिर ९, २०७९

इस्लामाबाद, पाकिस्तान: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा एक भिडियो शेयर गर्दै राजद्रोहको आरोपमा पक्राउ परेका आफ्ना निकट सहयोगी शाहबाज गिललाई मानसिक र शारीरिक यातना दिइएको र यौन हिंसा पनि गरिएको दाबी गरेका छन्।

देशद्रोहको मुद्दामा पक्राउ परेका गिललाई मेडिकल बोर्डले फिटू ठहराएपछि इस्लामावादको अदालतमा हाजिर गरिएको थियो । कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले गिललाई ह्वीलचेयरमा राखेर अदालत पुर्‍यायो, यस पछि गीललाई दिइएको यातनाका बारेमा चर्चा उठ्न थालेको छ ।

सबै तस्बिर र भिडियोहरूले स्पष्ट रूपमा देखाउँदछ कि गिललाई मानसिक र शारीरिक दुवै रूपमा यौन दुर्व्यवहार सहित यातना दिइएको थियो । यो धेरै नै डरलाग्दो छ। उसलाई कमजोर बनाउनका लागि अपमानित पनि गरिएको थियो। अब मसँग पूर्ण विस्तृत जानकारी छ तर आईसीटी पुलिसले गीललाई कुनै यातना दिएको छैन भनेको छ जुन सरासर गलत हो, खानले भने ।एउटा टिभि च्यानलमा अन्र्तवार्ताका क्रममा राज्य बिरुद्ध बोलेको आरोपमा इमरान खानका निकटतम सहयोगी गीललाई राज्यले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्