नेभिगेशन
जीवनयापन

आत्मबलको कमालः प्रेरक प्रसङ्ग

दुई बालकहरु अग्निपात्र बालिरहेका थिए । उनीहरुले गल्तीले मट्टितेलको स्थानमा पेट्रोल हालिदिए । तुरुन्त अग्निको ज्वालामा परेका उनीहरु दुईमा एउटाको ज्यान गयो र अर्काे बच्चा बाँचेर पनि उसले एउटा हात गुमायो । उसका दुवै खुट्टा काठ जसरी सुकेका थिए । चिकित्सकले भने ‘अब तिमी कहिल्यै हिँड्न सक्दैनौ ।’ तर त्यो बालकमा तीव्र इच्छाशक्ति र आत्मबल थियो । उसले हिँड्ने अभ्यास निरन्तर जारी राख्यो र त्यो दिन पनि आयो जब उसले १९३३ मा ओलम्पिक खेलमा सर्वश्रेष्ठ धावक एवं खेलाडीको रुपमा स्वर्णपदक जित्यो । खेल जगतमा यो अद्भूत घटना थियो, जहाँ सुकेको खुट्टा भएको एउटा अपाङ्ग व्यक्तिले ओलम्पिकको स्वर्णपदक जितेको थियो । यो साहसी र सङ्कल्पका धनी पुरुषको नाम थियो— ग्लेम कनिङ्घम । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै