नेभिगेशन
जीवनयापन

नेपाल चलचित्र संघ र निर्माता संघबीच सहमति, हल बन्दको निर्णय फिर्ता

काठमाडौँ– नेपाली चलिचत्र क्षेत्रमा देखिएका पछिल्ला समस्याबारे नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघबीच छलफल भएको छ । शुक्रबार भएको छलफलमा दुवै संघका महासचिवको नेतृत्वमा पाँचरपाँच सदस्यीय वार्ता समिति गठन गर्ने सहमति भएको छ । समितिबाटै समस्याको समाधान खोज्ने सहमति भएको छ । सहमति भएसँगै सोमबारदेखि सिनेमा हल बन्दको निर्णय चलचित्र संघले फिर्ता लिएको छ । साथै, आगामी दिनमा दुवै संस्थाको संस्थागत सहमतिमा चलचित्रको प्रदर्शनलाई व्यवस्थित गर्ने सहमति भएको छ । पछिल्लो समय निर्माताहरूले नेपाली चलचित्रलाई हलहरूले सो नदिएको आरोप लगाएपछि विवाद चर्किएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै