नेभिगेशन
समाचार

चीनले सीमा नाका नखोल्दा दसैं महँगो हुने

काठमाडौं । चीनबाट दसैंलगायत चाडपर्वका लागि आएका लत्ताकपडा तथा फलफूल कोरोना जोखिमको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी नाकाबन्द गर्दा व्यापारी समस्यामा परेका छन् । यसबाट उपभोक्तालाई दसैं महँगो हुने व्यापारीको भनाइ छ ।

करिब एक महिनादेखि चिनियाँ पक्षले बिना सूचना नेपालतर्फको सिमाना सिल गर्दा सयौं कन्टेनर चीनतर्फ अलपत्र भएको व्यापारीको भनाइ छ । यसकै कारण यसपटक दसैं महँगो हुन जाने व्यापारीहरूको भनाइ छ ।

हाल केरूङ तथा तातोपानीतर्फ गरेर करिब ४०० मालबाहक ट्रक तथा कन्टेनर सामान लोड गरेर बसेका छन् । नेपाल सरकारले चासो नदेखाएका कारण आफ्ना सामान फसेको व्यापारीको आरोप छ । कतिपय कन्टेनरमा सड्ने तथा कुहिने फलफूल पनि रहेको भन्दै व्यापारीले आफ्नो बजार गुमाउने अनि उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था आएको उनीहरूको आरोप छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार