नेभिगेशन
समाचार

सिट संख्याको सहमति आज सार्वजनिक गरिँदै

काठमाडौं– सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले दलहरुले पाउने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । कार्यदलको साँझ ५ बजे बस्ने बैठकले सिट संख्या सार्वजनिक गर्न लागेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलका सदस्यहरुबीच सहमति भएका विषयलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पारेर शीर्ष नेतृत्वलाई बुझाउने बताएका छन् । स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार