नेभिगेशन
जीवनयापन

भेदभावदेखि टाढाः प्रेरक प्रसङ्ग

स्वामी दयानन्दका एक शिष्य नाई थिए । उनले एक पटक स्वामी दयानन्दको लागि आफ्नो घरबाट खाना लिएर आए । स्वामी दयानन्दले त्यो खाना बडो स्वाद मानेर खाए । उनको अर्काे शिष्यले यो घटना हेरिरहेका थिए, उनले स्वामी दयानन्दसँग भने, स्वामीजी तपाईंले यो के गर्नुभएको ? आज तपाईंले नाईको रोटी खानु भयो । यो कुरा सुनेर स्वामी दयानन्द हाँस्न थाले । शिष्यले भने, महाराज क्षमा गर्नुस् । यदि कुनै धृष्टता भएको भए । स्वामी दयानन्दले भने, वत्स, रोटी त गहुँको थियो, नाईको हैन । यो सुनेर शिष्य निरुत्तर भए । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै