नेभिगेशन
जीवनयापन

अनिता रोडिकको सफलता

अनिता रोडिकले १९७६ मा बेलायतको ब्राइटनमा बडी शप नामक आफ्नो पहिलो स्टोर खोल्दा उनले सपनामा पनि सोचेकी थिइनन् कि भविष्यमा उनले ५० भन्दा धेरै राष्ट्रहरुमा १६०० भन्दा बढी स्टोर खुल्छन् र १० करोडभन्दा धेरै ग्राहक हुन्छन् । विज्ञापन तथा आकर्षक प्याकिङको कारण सौन्दर्य प्रशाधन महँगोमा बिक्ने र प्रायजसो सौन्दर्य प्रशाधनमा हानिकारक रसायन हुने कुरा थाहा पाएपछि उनले यो व्यवसायमा आउने निर्णय गरिन् । रोडिकले प्राकृतिक वस्तुबाट सौन्दर्य प्रशाधन (कस्मेटिक) बनाउने र तिनलाई सस्तोमा बेच्ने योजना बनाइन् । उनी भन्थिन् ‘उद्यमशिलताको महानतम् सफलतामध्ये एक कुन वस्तु आवश्यक छ भनी पत्ता लगाउनु हो । युवावस्थामा उनले धेरै देशको यात्रा गरिन् । त्यहाँ उनले स्थानीय मानिसहरुसँग घरेलु सौन्दर्य बनाउने विधि सिकिन् । उनको यो सिक्ने बानी नै उनका लागि अति नै लाभकारी सिद्ध भयो किनभने पछि उनले तिनै विधि प्रयोग गरेर धेरैथरि सौन्दर्य प्रशोधन बनाइन् । जब उनी स्टोर खोल्नका लागि ऋण लिन गइन् तब बैंक मेनेजरले ऋण दिन सिधै अस्वीकार गरे । तिनलाई कोही महिलाले सफलतापूर्वक व्यवसाय गर्न सक्ने कुरामा विश्वास थिएन । तर एक हप्तापछि जब उनी आफ्ना पतिसँगै गएर मेनेजरलाई भेटिन्, तब उनलाई ऋण मिल्यो । रोडिक सँग आफ्नो सौन्दर्य प्रशाधनमा सुगन्ध मिलाउने समय नहुनाले उनले एउटा टे« मा आवश्यक परफ्यूमका बोतलहरु राख्दथे र ग्राहकहरुलाई आफ्नो अनुकूल परफ्यूँम प्रयोग गर्न अनुरोध गर्दथिन् । ग्राहकहरुलाई यो कुरा साह्रै मन प¥यो र पछि यसले बडीशपको परम्परा थियो । १९८४ मा बडीशप स्टकमार्केटमा दर्ता भयो । पहिलो दिनमा नै यसको शेयरको मूल्य बढ्न शुरु भयो र साँझ सम्ममा यस कम्पनीको मूल्य ३.८ करोड पौण्ड हुन पुग्यो रोडीक दम्पति त्यसै दिन करोडपति भए । साभारः ‘सफलता’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै