नेभिगेशन
जीवनयापन

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नीति बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । नेपालमा मानव बेचबिखनको अवस्था, पीडितको उद्धार एवं पुनर्स्थापना तथा रोकथामको मार्गचित्रका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले मानव बेचबिखन नियन्त्रण सम्बन्धी नीति नहुँदा यसको रोकथाम र नियन्त्रण हुन नसकेको भन्दै मानव बेचबिखन तथा ओसारपसार निमन्त्रण नीति बनाउन सरकारलाई निर्देशन दिएको हो । यस्तै समितिले विशेष गरी बालबालिका र महिलाहरू मानव बेचबिखन तथा बाध्यकारी श्रममा पर्ने भएकाले उनीहरू बसाई सर्दा वा विदेश जाँदा स्थानीय तहमा अद्यावधिक विवरण राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिले बदलिँदो परिवेशसँगै मानव बेचबिखनको स्वरूप समेत परिवर्तन भएको भन्दै मानव बेचबिखन तथा ओसारपसार निमन्त्रणका सम्बन्धमा उद्धार र राहतका लागि मोबाइल एम सञ्चालनमा ल्याउन समेत निर्देशन दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै