नेभिगेशन
जीवनयापन

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पद परित्याग गर्ने घोषणा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पद छाड्ने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा बसेको पार्टीको विस्तारित बैठकमा बोेल्दै लिङ्देनले मंसिर ४ गते निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलको संसदको आयु बढाउन खोजिएको भन्दै अव संसदबाट तलवभत्ता नलिने गरि सांसदको पद छाड्ने घोषणा गरेका हुन् । संसद्को चूनाव घोषणा भइसकेपछि संसद् भंग हुनुपर्ने र सरकार कामचलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसद्को आयु लम्वाउने काममा राप्रपाको समर्थन हुनै नसक्ने उनले बताए । त् यस्तै लिङ्देनले लामो समय ठूला भनिएका राजनीतिक दलले मुलुकलाई बन्धक बनाएकाले अवको निर्वाचनमा जनताले नयाँ बिकल्पका लागि राप्रपालाई रोज्ने दावी गरे । उनले नेपालको राजनीतिक भविष्यका लागि समेत अवको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राखे । आगामी निर्वाचनमा समानुपातिक तर्फ राप्रपाले अधिक मत ल्याउने भन्दै प्रत्यक्षमा धेरै भन्दा धेरै सिट जित्नेगरि तयारी गर्न उहाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले कागजमा मात्रै पार्टीलाई ठूलो बनाउने काम नगर्न आग्रह गरे ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै