नेभिगेशन
जीवनयापन

पण्डित श्रीराम शर्माका केही अमर वाणीहरु

१) काम, वासना र जिजीविषा नै दुःखका उद्गम हुन् । यिनले सर्वत्र सुखको कामना गर्दछन् तथा निरन्तर पुनर्जन्मको कारण बन्दछन् । इन्द्रियाशक्ति, इच्छा, स्वार्थ परायणता यी सबै तत्व दुःखका उद्गम हुन् । २) जन्म दुःख हो, वार्धक्य दुःख हो, रोग दुःख हो, शोक र सङ्कट एवम् विपत्ति दुःख हो, निराशा दुःख हो, कुत्सित वस्तुका साथ संलग्नता दुःख हो, हामी जोसँग प्रेम गर्दछौँ उसको हानी र अरुको जुन वस्तुको हामी आकांक्षा गर्दछौँ त्यसको अप्राप्ति दुःख हो । हे दाजुभाई ! यी सबै वस्तु नै दुःख हुन् । ३) अष्टाङ्गिक मार्गले दुःखको नाशतर्फ लैजान्छ । हे मित्र ! जहाँसम्म एक सदाचारी युवक यसरी दुःखलाई दुःखको उद्गमलाई र दुःखबाट मुक्तिको मार्गलाई बुझाउँछ र सम्पूर्ण रुपले वासनाको उच्छेद गरिदिन्छ, क्रोधको निग्रह गर्दछ— ‘म नै हुँ’ को मिथ्या अहम्को विनाश गरिदिन्छ र बुद्धत्वको प्राप्ति गराउँछ । उसैले यसै जीवनमा समस्त दुःखको अन्त्य गरिदिन्छ । ४) हाम्रो व्यक्तित्व–शरीर, मन र आत्मा यी तीन आधारमा खडा छ । यी तीनैलाई पवित्र एवम् प्रकाशपूर्ण बनाउनका लागि कर्मयोग, ज्ञानयोग र भक्तियोगको तिनै साधनालाई क्रमशः अपनाउनु पर्दछ । जीवन साधनाको अर्थ हो— आफ्नो प्रत्येक गतिविधिलाई आदर्शवादिताले परिपूर्ण राख्नु । कर्मयोगी बनाएर शरीरलाई, ज्ञानयोगी बनाएर मनलाई र भक्तियोगी बनाएर आत्मालाई परिष्कृत गरिन्छ । ५) हाम्रो हरेक शारीरिक क्रिया कर्तव्य पालनका लागि, प्रत्येक विचरण सत्य र विवेकको प्रतिपादनका लािग र हरेक भावना आत्मीयता एवम् प्रेम–प्रीतिको अभिवृद्धिका लागि समर्पित भयो भने बुझ्नुपर्छ कि शरीर, मन र आत्माको आधार त्यस दिशामा अग्रसर भइरहेका छन्, जसका लागि ईश्वरको इच्छा एवम् प्रेरणा छ । यही मार्गमा चल्नाले हामी जीवनोद्देश्यको परीक्षामा उत्तीर्ण हुन्छौँ । ६) संसारलाई राम्रो बनाउनका लागि हामीले स्वयम्लाई असल बनाउनुपर्दछ । स्वयम्लाई हामी जति असल बनाउँछौँ, त्यति नै संसारको एक अंश उत्तम बन्दछ र दोश्रो, तेश्रो गर्दै संसारलाई बनाउन सकिन्छ । ७) आफ्नो आन्तरिक स्थितिलाई उँचा उठाएर हामी वस्तुतः संसारको महानतम सेवा गर्ने श्रेय प्राप्त गर्दछौँ । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै