नेभिगेशन
जीवनयापन

चुट्किला

कुनै दिन भनौँली राधाले कान्तालाई सोधिन्— तँलाई थाहा छ बेवकुफलाई सस्पेन्समा कसरी राखिन्छ ? कान्ताले उत्सुक भएर भनिन्— थाहा छैन, तैँ भन न । राधाले तुरुन्तै भनी— फेरि कुनै दिन भनौँली । ड्राइभरको लभलेटर मेरी मुटुकी स्टेरिङ, चौथो गियरभन्दा धेरै माया ! अहिलेसम्म म कण्डिसनमा नै छु, आशा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठीक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु, छिमेकीले ओभरटेक गर्छन्, आउँदो नेपालबन्दमा घर आउँदैछु, त्यसै बेला ब्याट्री चार्ज गरौँला । उही तिमीलाई हर्न बजाउने ड्राइभर माइला, बि.च.रा. ४... साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै