नेभिगेशन
जीवनयापन

स्वदेशी कपडाः एक प्रेरक प्रसङ्ग

एकपटक स्वामी विवेकानन्द अमेरिकामा बसेका भारतीयको अगाडि भाषण दिइरहेका थिए । भाषणमा उनले स्वदेशी वस्त्र लगाउन जोड दिइरहेका थिए । उनी आफैले पनि स्वदेशी वस्त्र लगाएका थिए, तर उनको जुत्ता विदेशी थियो । यो देखेर उनको भाषण सुनिरहेकी एक अंग्रेजी महिलाले सोधिन्— तपाईं स्वदेशी लुगा लगाउनलाई भनिरहनुभएको छ । तर तपाईं आफैले किन विदेशी जुत्ता लगाइरहनुभएको छ । ? स्वामीजीले तुरुन्त जवाफ दिए, ‘हाम्रो देशमा अंग्रेजको के स्थान छ, त्यो देखाउनको लागि मैले यो जुत्ता लगाएको हुँ । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै