नेभिगेशन
जीवनयापन

कांग्रेसबाट बागलुङ क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि देविप्रकाश भट्टचन सिफारिस

काठमाडौं– आसन्न आमनिर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले देविप्रकाश भट्टचनको नाम सिफारिस गरेको छ।

शनिबार क्षेत्रीय कार्यसमिति बैठकले उनको नाम सिफारिस गरेको हो ।

भट्टचन प्रभु बैँकका अध्यक्ष पनि हुन् ।

कार्यसमिति बैठकले भट्टचन सहित अन्य १० जनाको नाम सिफारिस गरेको छ । यस्तै, प्रधानमन्त्री देउवा आरजु देउवासहित सभापति जितबहादुर शेरचन, गणेश शेरचन, टेकराज पौडेल, , द्रोण कुँवर, नरबहादुर पुन, रामप्रसाद आचार्य, शान्तराज आचार्य र सिंहबहादुर रानाको नाम सिफारिस भएका छन्।

भट्टचन २०४३ सालमा नेपाल युवक संगठनको धौलागिरी अञ्चलको निर्विरोध उपाध्यक्ष भएका थिए । २०४८ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदबार उठेका उनी झिनो मतले पराजित भएका थिए ।

बागलुङ क्षेत्र नम्बर ३ बाट दोस्रो भएका उनी त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा पुनः सक्रिय भए । २०४९ सालमा नेपाली काग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य नियुक्त भए । उनी २०७४ सालमा समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए ।

२०७७ सालमा नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका उनी यसपटक प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस भएका छन् । प्र

त्यक्षतर्फ गठबन्धन गर्दा माओवादीको कोटामा परेमा उनलाई समानुपातिकको बाटो सहज हुने देखिन्छ। साथै उनी थकाली समुदायबाट अल्पसंख्यक पनि भएकाले सांसद हुने प्रवल सम्भावना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै