नेभिगेशन
जीवनयापन

आर्थिक संकटकालको घोषणा गरेको गुल्मीको रेसुङ्गा क्याम्पसलाई नगरको १ करोड आर्थिक सहयोग

गुल्मी– साउनको अन्तिम साता आर्थिक संकटकालको घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले १ करोड रकम सहयोग गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरेर यस आर्थिक बर्षमा नगरपालिकाले उक्त सहयोग प्रदान गर्ने रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानाकारी दिए । रेसुङ्गा बहुमुखी क्याम्पस जिल्लाकै एक शैक्षिक धरोहर भएकाले यसको संरक्षण र आर्थिक संकटलाई समाधान गर्ने नगरपालिकाको पनि दायित्व भएकाले नगरले सहयोग गरेको मेयर पन्थीले बताए । मेयर पन्थीले भने– हामी निर्वाचनको समयमा शैक्षिक क्षेत्रको बिकासको घोषणा गरेर आएका हौँ । त्यसकारण शैक्षिक धरोहर र यसक्षेत्रको बिकास गर्न नगर हरपल तयार छ। २०३९ सालमा स्थापना भएको क्यापसमा पछिल्लो समय बिद्यार्थी संख्या घट्दो छ र यसको रोकथाम तथा क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट अगाडि बढाउन नगरपालिकाले आवस्यक भुमिका खेल्छ मेयर पन्थीले भने । क्याम्पस संचालक समितिले गरेको आर्थिक संकटकालको घोषणाले बिद्यार्थीको जीवन समेत अन्योलमा छ त्यसकारण जिल्लाभित्रका सबै पालिकाका प्रमुखहरुलाई सहयोगका लागि अपिल र आग्रह गरिएको मेयर पन्थीले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै