नेभिगेशन
जीवनयापन

पीडैपीडाबाट सफलता पाएका फ्योदोर दोस्तोयत्स्की

खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ दोस्तोयत्स्कीलाई महान् लेखक बन्न उलाई कुनै चीजले रोक्न सकेन । उनी छारेरोगबाट पीडित थिए भने यही रोगको कारण उनले एउटा आँखासमेत गुमाएका थिए । तैपनि उनले सफल लेखक बन्ने सपना त्यागेनन् । बरु मिलिट्री इन्जिनियर जस्तो आर्थिक लाभको पदसमेत त्यागेर पनि लेखनलाई जारी राखे । उनलाई क्रान्तिकारी षड्यन्त्र गरेको आरोपमा मृत्युदण्डसमेत सुनइसकिएको थियो, जुन साइबेरियाको कठोर कारावासमा बदलियो । त्यतिन्जेल उनी लेखकको रुपमा चर्चामा आइसकेका थिए । दश वर्षसम्म जेलमा बसी उनले कैदीहरुको जीवनलाई राम्ररी नियाल्न, बुझ्न र अन्वेषणसमेत गर्न पाए । साथै आफूले पनि विसंगतिको पराकाष्ठा देख्न पाए । यिनै प्रत्यक्ष अनुभूतिले उनलाई लेख्न, सजीव चित्रण गर्न साह्रै सजिलो पा¥यो । परिणामस्वरुप क्राइम एण्ड पनिसमेन्ट जस्तो कालजयी कृति लेख्न सफल भए । साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै