नेभिगेशन
जीवनयापन

प्रशंसा गर्ने विषय खोजौँ, मन लगाएर प्रशंसा गरौँ

हामीलाई कसैले स्नेहका दुई शब्द वा बधाई दिँदा कस्तो महसुस हुन्छ ? दिनभरि नै आनन्दको अनुभूति हुन्छ । अरुलाई पनि त्यस्तै अनुभूति हुन्छ । तसर्थ त्यस्तो कुरा गरौँ, उसलाई मानिस सुन्न चाहन्छन् । हामी अरुलाई जस्तो व्यवहार गर्छाैं, अरुले पनि हामीसँग त्यस्तै व्यवहार गर्छन् । प्रत्येक दिन दुईजनाको प्रशंसा गर्ने बानी गरौँ । यसो गर्दा हामीलाई अपार आनन्दको महसुस हुन्छ । भन्छन् लिनुभन्दा दिनुमा मजा छ । गरेर महसुस गरौँ । अरुको प्रशंसा गर्ने विषय खोजौँ । मनैदेखि प्रशंसा गरौँ । झुठो प्रशंसा नगरौँ । तपाईं त क्या राम्रो मान्छे भन्नु हुँदैन, उसको कामको प्रशंसा गरौँ । कसैलाई पनि तपाईं राम्रो मानिस भन्दाभन्दा, तपाईं समाजसेवामा पनि लागिरहनुभएको थाहा पाए खुशी लाग्यो भन्नु उपयुक्त हुनेछ । तपाईं राम्रो लेक हुनुहुन्छ भन्नुभन्दा अस्ति ४ गतेको पत्रिकामा छापिएको तपाईंको लेख राम्रो लाग्यो भन्नु उपयुक्त हुनेछ । हामी कसैप्रति कृतज्ञ छौँ भने आफ्नो अनुभूति मात्र पर्याप्त हुँदैन । म कृतज्ञ छु भनेर उसको सामु प्रशंसाका दुई शब्द प्रकट गर्नुपर्छ । किनभने मानिसहरु आफ्नो प्रशंसा गर्नेदेखि खुशी हुन्छन् । कृतज्ञता व्यक्त गर्दा, मानिसहरुले थप माया, स्नेह दिन थाल्छन् । साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै