नेभिगेशन
जीवनयापन

हजरत मुहम्मदका केही अमर वाणीहरु

१. जो आफ्ना मित्रलाई गर्जाेमा सहयोग गर्दछ र पीडितको मद्दत गर्दछ, इश्वरले आखिरी बखतसम्म उसलाई मद्दत गर्दछन् । २. जो बिरामीलाई हेर्न जान्छ, उसलाई स्वर्गबाट देवदूतले बोलाएर भन्दछन्— संसारमा सुखी रहु, तिम्रो चालचलन लोभ्याउने होस् र इश्वरले तिमीलाई स्वर्गमा बस्न निम्त्याऊन् । ३. सबै प्राणी इश्वरका परिवार हुन् । इश्वर त्यसलाई धेरै चाहन्छन्, जो अधिकतम प्राणीको भलो गर्दछ । ४. प्रत्येक जीवित जनावरप्रति भलो गरेकोमा पुरस्कार मिल्नेछ । ५. इश्वरले त्यसमाथि कृपा गर्दछन्, जो स्वयम् आफ्नै इश्वरले आफ्नो जीविका कमाउँछ न कि भक्षा मागेर । ६. जो व्यक्ति योग्य र सक्षम छ, तर आफ्नो र अर्काको लागि काम गर्दैन, इश्वरले उसमाथि कृपा गर्दैनन् । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै