नेभिगेशन
जीवनयापन

माओवादी केन्द्रका नेताहरु शीतल निवासमा

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता कायमै राखेकी छिन् । नागरिकता विद्येयकका कारण उनले दलका शीर्ष नेताहरुलाई पार्टीगत हिसाबले बोलाएर पछिल्लो समय निरन्तर छुट्टाछुट्टै छलफल गरिरहेकी छिन् । आज भने उनले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । यसअघि उनले कांग्रेस, एमाले र राप्रपाका नेताहरुसँग छलफल गरिसकेकी छिन् । उनले नागरिकता विद्येयक पूनर्विचारको लागि संसद्मा फिर्ता पठाएकी थिईन् । तर, सत्तापक्षले उनको प्रस्तावलाई अस्विकार गर्दै प्रतिनिधिसभाबाट जस्तोको त्यस्तै पास गरेर चूनौति दिएको थियो । सत्तापक्षको पछिल्लो कदमबाट उनी रुष्ट रहेको पछिल्लो भेटमा सहभागी नेताहरुले बताउने गरेका छन् । कतिपयले भने भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन खोजिरहेको भनेर पनि टिप्पणी गरिरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै