नेभिगेशन
जीवनयापन

भन्सार छलीको ३७ लाख मूल्य बराबरको सामग्री बरामद

सुनसरी–  मोरङको विराटनगर महानगरपालिका–१२ रोडशेस चोकबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अवैध सामग्री बरामद गरेको छ । मङ्गलवार राति साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ट्याक्टरमा करिब ३७ लाख मूल्य बराबरको विभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्राउँदै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्याक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै