नेभिगेशन
जीवनयापन

तीजमा व्रत बस्दै हुनुहुन्छ ? यी कुरामा ख्याल नगरे गम्भीर बिरामी भइएला

हिन्दु महिलाहरुले निराहार व्रत बसी आज हरितालिका तीज मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा अघिल्लो दिन अडिलो र पोषिलो दर खाएर बसेका महिलाहरुले तीजका दिन पानीसमेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् । पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुँदै आएको छ । धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तीजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आराधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा व्यस्त हुन्छन् । तीजमा व्रत बस्दा पनि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । व्रत बस्दा ध्यान दिइएन भने ज्यानै जान पनि सक्छ । विशेष गरी सुगर र प्रेसरका रोगीहरूले व्रत बस्दा उनीहरूलाई खतरा हुन्छ । नियमित औषधि प्रयोग गर्ने महिलाहरूले व्रतको दिन औषधीसमेत नखाँदा उनीहरूको स्वास्थ्य स्थितिमा नराम्रो असर समेत आउन सक्छ । व्रत बस्दा ध्यान दिनुपर्ने कुराहरुट् : – नियमित औषधी प्रयोग गर्ने महिलाले तीजको निराहार व्रत बस्नु उपयुक्त हुँदैन । – पानी नखाई व्रत बस्दा ज्यान पनि जान सक्छ, त्यसैले व्रतमा पानी पिउँदा हुन्छ । – भोकै व्रत बस्दा शरीर कमजोर हुन सक्छ, त्यसैले फलफुल र औषधी खानु राम्रो हुन्छ । – शरीर कमजोर हुनेहरूले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरूले व्रत नबस्दा ठिक हुन्छ । – तीजमा व्रत बसेका महिलाहरू मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाइनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ । – तीज भन्ने बित्तिकै व्रत मात्र होइन, रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा आफ्नो ख्याल गर्नुपर्छ । अन्यथा भोको पेटमा धेरै नाच्दा रिङ्गटा लागेर बेहोस हुने सम्भावना हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्