नेभिगेशन
जीवनयापन

टी–२० विश्वकपको ट्रफी सगरमाथा आधारशिविर लगिँदै

काठमाडौँ–  अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। ट्रफीलाई भोलि सगरमाथाको आधारशिविर लगिनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गरी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो। क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी (भोलि) मंगलबारदेखि गरिने जानकारी दिए। उनले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा बिहान साढे ११ बजेदेखि प्रदर्शनीमा राखिने जानकारी गराए। ट्रफी भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा लगिने भएको छ। बिहान साढे ७ बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। ट्रफी भ्रमणमा नेपालका पूर्वखेलाडी मेहबुब आलम सहभागी हुनेछन्। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी–२० विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको हो। विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ। विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वका १३ राष्ट्रका ३५ स्थानमा प्रदर्शन गरिँदै छ। विश्वकपको ट्रफी निशान कम्पनीले विश्वभरि प्रदर्शन गरिरहेको हो। अस्ट्रेलियाका ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्