नेपाललाई केन्याले दियाे १ सय ५७ रनकाे लक्ष्य

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– केन्यासँगको तेस्रो टी–ट्वेन्टी क्रिकेट जित्न नेपालले एक सय ५७ रनको लक्ष्य पाएको छ । नैरोबीको जिमखाना मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एकरएक विकेट लिए । पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एकरएक खेल जितेका छन् । नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि सोमवार र पाँचौँ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्