नेभिगेशन
जीवनयापन

शनिबार घुमौँ दरबार स्क्वायर (फोटो फिचर)

काठमाडौँ– भक्तपुर दरबार स्क्वायर नेपालमा रहेका १० वटा विश्व सम्पदाहरु मध्ये एक हो । भक्तपुर दरबार स्क्वायर नेपाली मौलिक सांस्कृतिक र ऐतिहासिक महत्व बोक्नुका साथै प्राचीन कलासंस्कृति, वास्तुकला र पुरातत्व झल्काउँदछ । भक्तपुर दरबार स्क्वायर काठमाडौँउपत्यकामा सबै भन्दा धेरै भ्रमण गरिने दरबार स्क्वायर हो । भक्तपुर दरबार स्क्वायरको स्थापना मल्लकालीन राजा भुपतिन्द्र मल्लले १७ औँ शताब्दीमा गरेका थिए । भक्तपुर दरबार स्क्वायरलाई मध्ययुगीन कला र वास्तुकलाको सङ्ग्रहालयको रुपमा पनि चिनिन्छ । प्राचीन मूर्तिकला, मठ मन्दिर र हस्तकलाको सिद्ध उदाहरण भक्तपुर दरबार स्क्वायर काठमाण्डौँकै सबै भन्दा आकर्षक वास्तुशैली भएको उत्कृष्ट नमुना हो । भक्तपुर दरबार स्क्वायरको मुख्य आकर्षणहरु ५५ झ्याले दरबार, गोल्डेन गेट, मिनि पशुपति मन्दिर, वत्साला मन्दिर, ५ तल्ले मन्दिर र भैरवनाथ मन्दिर हुन् । यस दरबार स्क्वायर प्यागोडा र शिखरा शैलीका मन्दिरहरुको कलात्मक संग्रह हो । प्राचीन कला, संस्कृति र मूर्तिकला मात्र भक्तपुर दरबार स्क्वायरको आकर्षण नभई यहाँ स्थित नेवारी कला संस्कृति, रितिरिवाज र चाडपर्वहरु पनि यहाँको मुख्य आकर्षण हुन् । यहाँको परम्परा र रितिरिवाज अरु ठाउँको भन्दा बिलकुलै मौलिक र अविछिन्न छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै