नेभिगेशन
जीवनयापन

हत्कडीसहित भागेका युवक पक्राउ

कैलाली– आफ्नै बुवालाई कुटपिट गरेपछि पक्राउ परे पनि हत्कडीसहित भागेका कैलालीका एक युवा पक्राउ परेका छन् । प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले पुनः पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ । प्रहरीले चौधरी चौधरी गाँजा सेवनकर्ता भएको र उनीबाट ४७ किलो गाँजासमेत फेला परेको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै