नेभिगेशन
जीवनयापन

चार प्रदेशमा आज भारी वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका चार प्रदेशमा भारी वर्षा हुने जनाएको छ । विभागका अनुसार प्रदेश–१ र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको भइरहेको छ भने लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हरी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै