नेभिगेशन
जीवनयापन

बुवाका लागि केही मनछुने स्टाटसहरु

आमाबिना घर शुन्य हुन्छ, अनि बुवाबिना जिन्दगी । एक पुत्रले आफ्नो पिताको प्रेम तबसम्म बुझ्दैन, जबसम्म ऊ स्वयम् पिता बन्दैन । हरेक पिताको सबैभन्दा ठूलो चाहना भनेकै आफ्नी छोरी सधै मुस्कुराएको हेर्ने हुन्छ । जब पिताले मुस्कुराएर सन्तानलाई हेर्छन, त्यही नै विश्वको सबैभन्दा ठूलो खुसी हो । हरेक छोरीको भाग्यमा एक पिता हुन्छन्, तर हरेक पिताको भाग्यमा छोरी हुँदैनन् । सपना मेरो हो, तर त्यसलाई पूरा गर्न दिनरात जसले मेहनत गर्याे त्यो म होइन, मेरो बुवा हुनुहुन्थ्यो । तलब त अहिले मेरो पनि आउँछ, तर इच्छा पूरा गर्न बुवाको कमाईले मात्र सम्भव थियो । एक पिता र छोराबीच गहिरो प्रेम हुन्छ । बुवाले बताउन सक्दैनन् छोराले महशुस गर्न सक्दैन । तर जब बुझ्छन्, तबसम्म धेरै ढिलो भइसहेको हुन्छ । विश्वको धनी मानिस पनि आफ्नो माता पिताबिना गरिब सरह हुन्छ । पिता नीमको रुख जस्तो, जसको बोली तितो भएपनि उद्देश्य हाम्रो भलाई नै हुन्छ । मेरो साहस, मेरो इज्जत, मेरा सम्मान, मेरो शक्ति, मेरी पूँजी, मेरो पहिचान हो मेरो बुवा । जो आफ्नो सारा दुःख लुकाएर सन्तानको इच्छा पुरा गर्छ, ऊ केवल एक पिता हुनसक्छ । एक पिता सय शिक्षकभन्दा बढी हुन्छन् । – जर्ज हरबर्ट जो कहिल्यै आफ्नो प्रेम बदल्दैनन्, ती हाम्रा आमाबुवा हुन् । पिता परमात्माको दोश्रो रुप हो । कहिले हाँसो त कहिले अनुशासन हो पिता, कहिले मौन त कहिले भाषण हो पिता, आमा घरको भान्सा हुन् भने घरको रासन हुन् पिता । मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा म एक पिता हुँ, योभन्दा अरु केही महत्वपुर्ण छैन । एक पिता आफ्ना सन्तानको अनुशासनको सबैभन्दा ठूलो गुरु हुन् । जब आमाले गाली गर्थिन्, तब पछाडिबाट हँसाउने मेरो बुवा हुनुहुन्थ्यो । -सिजल लुईंटेल
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै