नेभिगेशन
जीवनयापन

के उमेर पाको भएपछि बुवा बनेकाहरुको सन्तान दीर्घायु हुन्छन् ?

सामाजिक रुपमा ३० वर्ष नकट्दै केटाले विवाह गर्नु उपयुक्त मानिन्छ । अझ विवाहपछि सन्तान जन्माउन ढिलो गर्न नहुने सामाजिक धारणा छ । यसका लागि परिवार र आफन्तले दबाब दिन्छन् । धेरैले बढी उमेरमा बुवा बन्न नहुने तर्क गर्छन् । उमेर बढ्दै जाँदा रोग लाग्ने जोखिम हुने र सन्तानमा सोही रोग देखिने कतिपयको धारणा छ । तर यो सत्य होइन । एक अनुसन्धानमा दाबी गरिएअनुसार, पाका पुरुषका सन्तान दीर्घायु हुन्छन् । प्रोसेडिङस अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित एक अध्ययनअनुसार, पाको उमेरका बुवाका सन्तानमा पिताको गुणसूत्र उत्पन्न भएपछि त्यो तुलनात्मक रूपले बढी विकसित हुन्छ । यस्ता बालबालिकाको गुणसूत्रको मुखमा टेलोमेरेस (बिर्को) लागेको हुन्छ, जसले उमेर बढ्ने प्रक्रियाको विपरीत उसको रक्षा गर्छ । अध्ययनअनुसार, ढिलो गरी हुने पैतृक प्रजननले पाका उमेरका बुवाका सन्तानको टेलोमेर समयसँगै ठूलो हुन सक्छ, जसले उनीहरूको उमेर बढ्न सक्छ । टेलोमेरको लम्बाइमा पैतृक पूर्वजको प्रभाव हुन्छ, त्यो बालबालिकाको उमेर बढाउन सहयोगी हुन्छ । यसका साथै बुवा बन्न चाहनेहरूले गर्भाधान थाल्नुभन्दा १२ साताअघि नै धूमपानको अम्मल छोड्नुपर्छ । अन्यथा १२ साताअघि धूमपान गर्ने बुवाबाट सन्तानमा जाने जिनले उनीहरूलाई भविष्यमा क्यान्सर हुने खतरा बढाउँछ । साथै महिलाको हकमा भने यो लागु हुँदैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै