नेभिगेशन
जीवनयापन

सत्तारुढ गठबन्धनको कार्यदलमा प्रदेश तहमा चूनावी सिट बाँडफाँटका बिषयमा छलफल

काठमाडौँ– सत्तारुढ गठबन्धनको कार्यदलमा प्रदेश तहमा चूनावी सिट बाँडफाँटका बिषयमा छलफल भएको छ । बालुवाटारमा शुक्रबार बसेको कार्यदल बैठकले प्रदेश तहमा गठबन्धन दलहरुबीचको सिट बाँडफाँटमा बिषयमा छलफल भएको हो । बैठकमा प्रदेश तहमा दलहरुले आ–आफ्नै दावी गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । प्रदेश तहको सिट बाँडफाँटमा संघमा दावी गरेका तर सिट दिन नसकिएका दललाई प्राथमिकता दिने गरि मोडालिटीमा समझदारी बनेको उनको भनाई छ । उनले छिटै कार्यदलले शिर्ष तहलाई प्रतिवेदन बुझाउने जानकारी दिए । त्यस्तै उनले निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने धारणा राखे । देशलाई स्थिरता र समृद्धितर्फ लैजान पनि पनि गठबन्धन बनेको भन्दै उनले साझा अवधारणा बनाएर चुनावमा जाने जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै