नेभिगेशन
जीवनयापन

त्रिभुवन विश्वविद्यालय शिक्षाको केन्द्रबिन्दु हो: मन्त्री पौडेल

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिङ्गो शिक्षाको केन्द्रबिन्दु भएको बताएका छन्। शुक्रबार ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौती’ बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस प्रमुखहरूसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय शिक्षाको केन्द्रबिन्दु भएको बताए । विश्वविद्यालयमा बेथिति बढ्दै गएको बताउँदै उनले त्यसलाई सुधार्न शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे। उनले विश्वविद्यालयका आंशिक, करार कर्मचारीहरूको समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग पहल भइरहेको बताए । विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा वर्ल्ड बैङ्क, एडिबी बैंकसँग पनि छलफल भइरहेको बताउँदै त्रिचन्द्र क्याम्पसको भवन सरकारले बनाउने बताए । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले राजनीतिक खिचातानीले विश्वविद्यालय बिग्रिँदै गएको बताए । विश्वविद्यालयमा राजनीतिक दलको आडमा तालाबन्दी, नारा जुलुस हुँदै आएको बताउँदै विपक्ष दलसहित मिलेर विश्वविद्यालय सुधार्न सकिने धारणा बास्कोटाले राखे । छलफलमा उपत्यकाका क्याम्पस प्रमुखहरुले क्याम्पस जाँदा युद्धको मैदानमा गए जस्तो अनुभव भइरहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै