नेभिगेशन
जीवनयापन

पहिला युद्धको अग्रमोर्चामा जान प्रतिस्पर्धा हुन्थ्यो, अहिले पदका लागि हुन्छ : प्रचण्ड

काठमाडौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको पछिल्लो अनुभव नमिठो बन्दै गएको बताएका छन् । योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । जनयुद्धको बेलामा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले पद र सुविधाका लागि मात्र प्रतिस्पर्धा हुन थालेको प्रचण्डले बताए । ‘हिजो हामी जनयुद्धमा हुँदा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुन्थ्यो,’ प्रचण्डले भने, ‘कोही जान नपाएको खण्डमा हामी मर्न पनि जान नपाउने भने असन्तुष्टि हुन्थ्यो ।’ तर, अहिले पद र सुविधाको लागि मात्र प्रतिस्पर्धा भएको प्रचण्डले बताए । ‘अहिले पद र सुविधाको निम्ति मात्र प्रतिस्पर्धा हुन्छ, संघर्षको निम्ति प्रतिस्पर्धा हुँदैन । आज भोलिको अनुभव अलिकति नमिठो बन्दै गएको छ ।’ पार्टीभित्र देखिएको यस्तो विचलनको संकेत लाई चिर्न युवाहरुको भूमिका महत्वपूणर् हुने प्रचण्डले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै