नेभिगेशन
जीवनयापन

मुलुकलाई चाँडोभन्दा चाँडो समृद्धिको दिशामा अग्रसर गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्दै लोकतन्त्रको माध्यमद्वारा मुलुकलाई चाँडोभन्दा चाँडो समृद्धिको दिशामा अग्रसर गराउन प्रतिबद्ध रहेको बताएका छन्। १६औँ राष्ट्रिय सूूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले लोकतन्त्रको विकासका लागि सूचनाको हक आवश्यक रहेको बताए । जिम्मेवार सरकारको अनुभूति दिई सुशासन कायम गर्नका लागि सूचनाको हक प्रमुख आधार स्तम्भका रुपमा रहेको उल्लेख गर्दै उनले सूचनाको हक सही ढंगले कार्यान्वयन भएको छ कि छैन भनेर समीक्षा गरी प्रभवकारी बनाइने जानकारी गराए। कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायको सूचना पाउने प्रत्येक नागरिकको हक कार्यान्वयनका लागि आयोग क्रियाशील रहेको बताए। त्यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नागरिकको करबाट सञ्चालन हुने निकायको सूचना सबै नागरिकले सहज रुपमा पाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व सूचना आयुक्त श्री आचार्यलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै