नेभिगेशन
जीवनयापन

पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं–  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा साढे ८ बजे बनिएको बैठक केही ढिला गरी शुरु भएको हो ।आजको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी चयन गर्ने भएका छन् । पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठोस निर्णय गर्न सकेको छैन । बुधबार नै प्रवक्ता कृष्णबहादुर महराले धेरै नाम फाइनल भइसकेको भन्दै बिहीबार नै सकिने बताएका थिए । तर, हिजोको बैठक विभिन्न कारण देखाएर पटकपटक सारियो । यसअघि बुधबार बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ । खासगरी महासचिवको विषयले कारण माओवादीमा पदाधिकारी चयन पेचिलो बनेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै