नेभिगेशन
जीवनयापन

यस्ता छन् धरानका मेयर हर्क साम्पाङले १०० दिनमा गरेका काम

धरान– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले १०० दिनमा के के काम भयो भनेर सोध्नेहरूलाई जवाफ भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । यस्तो छ उनले सार्वजनिक गरेको कामको विवरण: १ नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ ! २४ ठाउँबाट खानेपानीको मुहान थपेँ ! ३ व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ! ४ ६ लाख बिरुवा रोपेँ ! ५ सरसफाइमा देखिने सुधार ल्याएँ ! ६ प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ ! ७ जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ ! ८ बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन ! ९ लागु औषध विरुद्धको अभियान सुरु गरेँ ! १० योजनाहरूका लागि बजेटको जोहो गराएँ ! ११ पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ ! १२ पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ ! १३ शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ !
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै