नेभिगेशन
जीवनयापन

आफू बुद्धिमान छु भन्ने घमण्ड त्यागी धेरैभन्दा धेरै सिक्ने कोशिस गर्नुस्

दुनियाँमा सबैभन्दा सफल मानिस त्यही हो, जो लगातार सिक्न र आफ्नो ज्ञानको दायरा बढाउनमा निरन्तर लागिरहन्छ । ऊ नयाँ विचार र नयाँ सुझावलाई खुल्ला मनले स्वीकार गर्छ । अनेकौं मानिसद्वारा गरिने खालको मुख्य गल्ती यही हुन्छ— ऊ कुनै विषयको बारेमा त्यो सारा जानकारी प्राप्त गरिसकेको छ, जुन उपलब्ध छ । कहिलेकाहीँ त ऊ के पनि सोच्छ भने उसलाई जे थाहा छ त्यही त्यो विषयको पूरा जानकारी हो । यसलाई कमजोर प्रदर्शन गर्ने मानिसको बुद्धिमानीको घमण्ड भन्न सकिन्छ, अज्ञान भरिएको अयोग्यता । यो एक यस्तो मानिस हो, जसलाई कुनै कुरा थाहा छैन र उसलाई के कुराको अनुभूतिसम्म छैन भने उसलार्ई त्यो कुरा थाहा छैन । यस्तो मानिसको मद्दत गर्न सकिँदैन, किनकि ऊ अरु जानकारी प्राप्त गर्न नै चाहँदैन । यसैले बुद्धिमान बन्ने शुरुवात मै के कुरा पत्ता लगाउनुमा छ भने तपाईंलाई कति कुरा थाहा छैन र कति कम जान्नुहुन्छ । साभारः ‘सोच बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै