नेभिगेशन
जीवनयापन

पिसाब बन्द भएमा गर्न सकिने घरेलु उपचार

पिसाब थैलीमा जम्मा भएको पिसाब बाहिर ननिक्लनुलाई पिसाब बन्द भएको भनिन्छ । पिसाब थैलीको पत्थरी, मूत्रद्वार साँघुरो हुनाले, बढी उमेरका पुरुषमा पौरुष ग्रन्थी बढ्नाले, स्त्रीमा गर्भिणी अवस्था आदिमा पिसाब बन्द हुन्छ । घरेलु उपचार १. मूलाको बीउ एक ग्राम पिसेर एक माना पानीमा घोली खुवाउने । २. मुसाको लिँड पिसेर त्यसमा कलमी सोडा मिलाई थोरै पानीमा पिसी नाइटोभन्दा तल्तिर (मूत्र थैलीको बाहिरपट्टि) लेप गर्ने । ३. कागती बराबर दुई टुक्रा गरी बियाँ फाल्ने । त्यसमा अलिकति कलमी सोडा राखी दुवैलाई जोडे कोइलाको आँचमा तताई नाइटोको वरिपरि र तल्लो पेटमा दल्ने । ४. अमलाको रस १० ग्राम समभाग मह मिलाएर खाने । ५. कमलको जरा १० ग्राम पिसी त्यसमा एक लाल जवाखार (यवक्षार) हाली पानीमा घोलेर पिउने । साभारः ‘योगतन्त्र’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै