नेभिगेशन
जीवनयापन

गठबन्धन विचार र गन्तव्य नभएको देशद्रोही : ओली

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन विचार र गन्तव्य नभएको देशद्रोही भएको आरोप लगाएका छन् । आज (बुधबार) राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य नै नरहेको बताए । उनले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान-परिवारको वरिपरि मात्रै घुमेको आरोप लगाएका छन् । उनले भने,’ कांग्रेसले अब के गर्ने भन्दा गठबन्धन । नीति के छ गठबन्धन । कार्यक्रम के छ गठबन्धन । पुग्ने कहाँ हो गठबन्धन । गठबन्धन गरेर के गर्ने हो, गठबन्धन ।’ उनले समाजमा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्ने बताए । उनले थपे, ‘यो देशद्रोही गठबन्धन हो । नेपाली जनतालाई ढाँट्छ । कांग्रेस लुलो भयो । कांग्रेस अब एक्लै उभिन सक्दैन । कांग्रेस त ५/ ७ वटा साथी नलिइकन अघि बढ्नै सक्दैन । कांग्रेसको विचार शून्य छ । कहाँ जाने थाहा छैन । कोसँग मिलेर के गर्ने थाह छैन ।’ उनले समृद्धि नेपाल,सुखी नेपालीको यात्रा रोक्न गठबन्धन बनेको बताए । एमालेले जीते देशले जित्ने र स्थिरता आउने दावी गरे । उनले भने, ‘एमालेले जित्यो भन्यो भ्रष्टाचारविरोधी अभियानले जित्छ । होइन भने त करका दर, व्यापारीका प्रतिनिधि ल्याएर भ्रष्टाचार झन बढि झांगिन्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै