क्यानडा जानका लागि धेरै नेपालीहरू ठगिएका छन्: राजभण्डारी [भिडियो अन्तरवार्ता]

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– क्यानडा जाने भनेपछि कसलाई रहर लाग्दैन होला र ? त्यही रहरका कारण धेरै नेपालीहरू ठगिएको पाइन्छ । विशेष गरी कामदार भिसामा क्यानडा जानका लागि धेरैले पैसा गुमाएका छन् । अझै पनि कतिपयको पैसा दलालहरूकै हातमा होला ।  सोलुखुम्बु जिल्लाका मुगा राजभण्डारी नेपालबाट क्यानडा जानकै लागि कोही पनि मर्कामा नपरून् भनेर लागेका छन् । काठमाडौँबाट कानूनमा स्नातक गरेका उनी क्यानडा पुगे । त्यहाँ पुगेर पनि उनले कानून अध्ययन गरे । कानूनको डिग्री हातमा भएपछि उनले क्यानडामै जागिर गरे । आफ्नो जागिरको अतिरिक्त भोलेन्टियर इमिग्रेसनमा काम गरे ।  इमिग्रेसनसम्बन्धी कानून पढेका उनले क्यानडाको कानूनबाट रेगुलेटेड संस्था सञ्चालनमा ल्याए । एमडिएस भिसा इमिग्रेसन सर्भिसका सिईओसमेत रहेका राजभण्डारी छोटो पारिवारिक भेटघाटको लागि नेपाल आएका थिए । उनी नेपाल आएको अवसर पारेर क्यानडा नेपाल डटकमले पनि क्यानडा जाने नेपाली ठगिनबाट बँचुन र खाडी मुलुकमा भएका नेपालीले कसरी क्यानडा जान पाउँछन् भन्ने जिज्ञासा राखेको छ । प्रस्तुत छ एमडिएस भिसा इमिग्रेसन सर्भिसका सिईओ राजभण्डारीसँग क्यानडा नेपालका लागि तर्क थापाले गरेको कुराकानीको सम्पादित अंश:  नेपाल भ्रमणको उद्देश्य के थियो ?  म क्यानडामै घुम्ने सोच गरिरहेको थिएँ । नेपालमा आमाको स्वास्थ्य अलिकति खराब भएका कारण फ्यामली भिजिटका लागि नेपाल आएको हुँ। धेरै साथीको अनुरोध भयो । क्यानडा जाने प्रोसेसहरु के हुन भन्ने प्रश्न धेरै आएका कारण हाम्रो नेपालको अफिसले आयोजना गरेको एक दिने सेमिनार भयो । पारिवारिक भेटघाटमा आएको व्यापार पनि थोरै जोडियो । अरु उद्देश्य केही हैन।  क्यानडा जान नेपालीहरू ठगिन नपरोस् भन्ने हेतुले काम गरिरहनु भएको छ, त्यो अभियानमा पनि हुनुहुन्छ नि ? हो । मैले नेपालबाट क्यानडा जानका लागि धेरै नेपालीहरू ठगिएको देखेको छु । मैले फूलटाइम इमिग्रेसनमा काम गर्दादेखि नै सही सूचना प्रवाह गरेर प्रोसेस कस्तो हुन्छ ? कति खर्च लाग्छ भन्ने विषयमा बोल्दै आएको छ। हाम्रो उद्देश्य भनेको सकभर त विदेश नजानुहोस् । नेपालमै बस्नुहोस् । जानै पर्ने भए पनि सही बाटो जानुहोस् नठिगिनुहोस् भन्ने अभियानमा छौँ । अहिलेसम्म हामीले सही सूचनाका कारण कम्पनीले बेस्ट बिजनेस र टप च्वाइस अवार्ड पनि पाइसकेको छ। हामी पनि प्रस्ट क्यानडा जान चाहिने कुरा र लाग्ने खर्चका बारेमा बताउँदै आएका छौँ ।  यहाँ क्यानडा यात्राको बारेमा पनि केही बताइदिनु हुन्छ की ?  मेरो बाल्यकाल सोलुमा बित्यो । त्यहाँ मैले उच्च शिक्षा हासिल गरेँ । युनिभर्सिटीको लागि म काठमाडौँ आएँ । ल क्याम्पसमा ब्याचलर गरेँ । कानूनमा स्नातकोत्तर गर्ने थिएन । नेपाल बाहिर नै जानु पथ्र्यो । मैले सोसियोलोजीबाट मास्टर्स गरेँ । काम गर्दै थिएँ । एक दिन क्यानडा जानको लागि फारम भरौँ भन्ने भयो । मैले भरेँ। केही वर्ष वितिसकेको थियो, मैले त विर्सिसकेको थिएँ भनौँ । अन्तरर्वार्ताको लागि बोलाइयो । बल्ल म क्यानडा जान तयार भएछु भन्ने भयो र गएँ ।  क्यानडा पुगेपछि यहाँको भोगाइ र नेपालीहरुको अवस्था कस्तो छ ? विदेश हामीले सोचेजस्तो हुँदैन । मेरो हकमा पनि फरक छ । मेरो राम्रो जागिर थियो । धेरैले राम्रो जागिर भएपछि किन जाने भनिरहनु भएको थियो मलाई पनि त्यस्तै लाग्थ्यो । तर, मेरो अफिसको हाकिमसँग सल्लाह गरेँ। उहाँले तीन महिनाका लागि छुट्टी दिन्छु राम्रो लाग्यो भने बस । नभए जागिर छदै छ भन्नु भयो । म उहाँको भनाइलाई फ्लो गरेर क्यानडा पुगेको हुँ।  त्यो बेलामा अलि सजिलो पनि थियो । अहिले अलि गाह्रो पनि छ । मैले एक वर्ष भाषा पढेँ। काम खोज्ने वित्तिकै पाएँ । त्यति गर्दा पनि सजिलो थिएन । म एक्लै थिएँ । सेभिङ थियो र पढ्ने आँट गरे । पढेँ र राम्रै जागिर पनि पाएँ । त्यसपछि २०१५ सम्म काम गरेँ । सबैलाई यो अवसर पनि नजुट्न सक्छ । त्यहाँ पुगेपछि जे काम पायो गर्‍यो भने आफैलाई सजिलो हुन्छ । अहिले नेपालबाट जानेहरुले यसरी गरी काम गरेका छन् ।  क्यानडा जाने प्रक्रियाका बारेमा कुरा गरौँ । कस्तो हुन्छ प्रक्रिया ? सबै भन्दा पहिला राम्रोसँग बुझ्नु होस् । तपाईँ के मा जाँदै हुनुहुन्छ ? कति खर्च लाग्छ ? आर्थिक अवस्था कस्तो छ ? थुप्रै विषयहरु हुन्छन् । यदि सबै तर्फबाट बलियो हुनुहुन्छ भने प्रोसेस गर्न सक्नु हुन्छ । प्रोसेसका लागि आफै पनि गर्न सक्नु हुन्छ वा कसैलाई भन्न पनि सक्नु हुन्छ । हामी पनि त्यही काम गरेका छौँ, अरुहरु पनि हुनुहुन्छ होला । धेरै देशबाट आएर अलिकति पैसा देउ, बाँकी पछि दिनु, उतै पुगेर दिनु भनेर झुक्याउँछन् । हामी त भन्छौँ त्यस्तो प्रक्रियामा जाँदै नजानुहोस् ।  कस्तो कस्तो अवस्थामा क्यानडा जान सकिन्छ ? क्यानडा जानका लागि १०० बढी प्रक्रियाहरु छन् । नेपालको हकमा कुरा गर्दा केही विशेष मात्र छन् । जस्तो विद्यार्थी भिषा, कामदार भिषा, नेपालबाट सिधै पिआर प्राप्त गरेर, व्यापारलगायतका प्रक्रियाहरु छन् ।  सबै भन्दा पहिला विद्यार्थी भिषाका बारेमा जानकारी गरौँ । विद्यार्थी भिसा अलि बढी जाने गरेको भिसा पनि हो । त्यसका लागि आवश्यक कुराहरु थुप्रै हुन्छन् तर, जान्ने पर्ने भनेको आर्थिक अवस्था, आईईएलटिएसमा ल्याएको नम्बर, नेपाल फिर्ता हुने आधार, पढ्ने विषय आदी कुराहरु मिल्नु पर्छ ।  जस्तै नेपालमा कमर्स विषय पढिरहेको छ र क्यानडा गएर आइटी पढ्छु भन्दै भिसा अप्लाई गरिएको छ भने स्वीकृत नहुन पनि सक्छ । त्यसैले कुन विषय र कहाँ पढ्ने भन्ने मू्ख्य विषय हो ।  अफरलेटर आएपछिमात्र भिषाका लागि अप्लाई गर्नु पर्छ । हामी पनि त्यसैको काम गर्छौँ  आफैले पनि गर्न सक्नु हुन्छ ।  धेरै सोधिने प्रश्न भनेको कति फिस लाग्छ भन्ने हो। कलेजले लिने फिस र १० हजार क्यानडीयन डलर अनिवार्य हुन्छ । त्यो हिसाब गरेपछि पुग्छ । नर्मली ४ देखि ६ महिनाको स्टेटमेन्ट माग्छ । त्यसो भएन भने पैसा कहाँबाट आएको हो भनेर प्रुफ पनि गर्न सक्नु पर्छ ।  अर्को कुरा विद्यार्थीले आफ्नो पढाइ सकेर फर्किन्छु भन्ने देखाउन सकेनन् भने भिसा स्वीकृत हुने ठाउँ देखिदैन । त्यसैले उनीहरुले नेपाल फर्किने आधार पनि खोज्छ ।  नेपाली साथीहरु जहाँ भए पनि अंग्रेजीमै पढेको भए पनि आईईएलटिएस अनिवार्य हो । यसको अंक ६/७ भन्दा माथि आउनु पर्छ । कामदारका लागि पनि यस्तै प्रक्रिया हुन त ?  होइनन् । फरक छन् । सबै भन्दा पहिला क्यानडाको श्रम नियमका बारेमा बुझ्नु पर्छ । कुनै पनि कम्पनीले कामदार राख्नु पर्‍यो भने त्यहाँको लोकल राख्नु पर्छ । त्यो भएन भने मात्र बाहिरबाट लैजान पाइन्छ । त्यसको पनि प्रोसेस फरक हुन्छ । पहिला कम्पनीले २८ दिनसम्म ३ वटा संचार माध्यामबाट विज्ञापन गर्नु पर्छ । त्यो विज्ञापन पछि आएका आवेदनहरुलाई चित्त बुझ्दो तरिकाले सरकारलाई देखाएर यहाँको कसैले पनि का मगर्न सक्दैनन् भन्ने देखाउनु पर्छ र  मात्र बाहिरबाट कामदार लैजाने प्रक्रिया सुरु हुन्छ ।  त्यसरी गएको व्यक्तिले सोही कम्पनी बाहेकमा काम गर्न पाउँदैन । त्यो वर्कपरमिट र एलएमआई पठाइदिन्छन् । एलएमआई भनेको माथि भनिएको प्रक्रियाको छोटोरुप हो । त्यो भएपछि क्यानडा बाहिर जुसुकै देशबाट पनि कामका लागि आवेदन दिन सकिन्छ । यो त भयो एलएमआई चाहिने विषय । एलएमआई नचाहिने अवस्था पनि छ । त्यो अलि सजिलो छ तर कन्डिसन गाह्रो छ।  कसैको डिपेन्डेन्टमा जानका लागि ओपन वर्क परमिटको लागि आवेदन दिन सक्छ । यसरी गएपछि कुनै पनि कम्पनीमा काम गर्न सक्छ । वर्क परमिटका लागि आईएलटिएस नभए पनि हुन्छ । तर, त्यहाँको पिआरका लागि भने अनिवार्य जस्तै हो । गरेपछि राम्रो  ।  खाडी मुलुकमा भएका नेपालीले पनि क्यानडा जान पाउँछन् त ? पाउँछन् । नेपालबाट दुबई, साउदी, कतारलगायत जुनसुकै देशमा गएका दक्ष जनशक्तिले सजिलै क्यानडा जान पाउँछन् । त्यहाँ पुगेका पनि ठगिनु भएको छ। नेपालमा जस्तै त्यहाँ पुगेकाहरुले पनि पैसा तिर्ने, क्यानडाको अप्लाई भइरहेको छ भन्ने, ठगिनु पर्ने छ । मेरो अनुरोध के हो भने तपाई घरमै बसेर कसैले भिसा लगाइदिन्छु भन्छ भने त्यहाँ ९९ प्रतिशत फर्ड नै हुन्छ । जो पनि लिगल जान्छ त्यसको बायोमेट्रिक गर्नु पर्छ । त्यो भनेको औठा छाप, तस्वीरलिने लगायतका काम हुन्छन् । त्यो जहाँ पायो त्यही हुदैन । नेपालको हकमा ठमेलमा छ एउटा भिएफएक्स । अन्य देशहरुमा पनि त्यस्तो होला । यो मिनिमम काम हो । यो नहुँदासम्म तपाईले भर पर्नु हुदैन।  खाडीबाट जान के गर्ने त ? फेडल स्किल वर्कर अन्तर्गत खाडीमा रहेको दक्ष कामदार जान पाउँछन् । त्यसका लागि उनीहरुले भाषाको स्केल के छ ? उमेर कति भयो ? अनुभव कस्तो भन्ने लगायतका विषयमा अलि बढी हेर्छ । त्यस बाहेक आफ्नै नजिकका नातेदार पनि हेर्छ । २९ वर्षसम्म छ भने १०० अंक प्राप्त गर्छ । त्यसपछि हरेक वर्ष ५ वर्षका दरले घट्छ ।  उहाँहरुले हामीलाई सम्पर्क गर्नु भयो भने हामी पनि सल्लाह दिन सक्छौँ । यदि उहाँहरुले आफैले हेर्न चाहानु भयो भने क्यानडाको अफिसियल वेबसाइटमा पनि राखेको हुन्छ । तपाईहरु एलिजिबल भएर पुलमा बस्न सक्नु भयो भने क्यानडाका प्रोभेन्सले पनि देख्छन् । र जान पाइने चान्स बढी हुन्छ ।  अरु के कस्ता कुरामा ध्यान दिने ?  धेरैले विगार्ने भनेको उनीहरुको अन्तको भिसा रिजेक्ट भएको हुन्छ । त्यो खुलाउँदैनन् । क्यानडामा त्यो कुरा थाहा पाएपछि समस्या हुन्छ । जस्तो डिभि भरेको छ भने पनि खुलाउनु पर्‍यो । अन्तको भिसा रिजेक्ट भएको छ भने पनि खुलाउनुहोस् । त्यसले तपाईको भिसा रिजेक्ट हुने होइन् । उनीहरुले ढाँट्यो भन्न चाहीँ पाउँदैन ।  हामी नेपालबाट कुनै पनि देश जान सकेसम्म दक्ष भएर जानु पर्छ भन्ने बुझाइ हुन्छ । दक्ष भएपछि आफूले चाहे अनुसारको काम पाइन्छ । त्यति मात्र होइन । नेपालबाट जाने बेला प्रक्रियाहरु सबै पुरा गरेर गएको अवस्थामा फेरि दु:ख पाइदैन । विद्यार्थी भिसामा धेरै जानु हुन्छ । तर, उहाँहरुको प्रक्रिया पुरा भएको हुँदैन । उता पुगेपछि हामीसँगै आउनु हुन्छ। हामी इमिग्रेसनको काम गरिदिन्छौँ।  हामीसँग बुझ्नु भयो भने सजिलो हुन्छ। नेपालमा नयाँबानेश्वरको पाठशाला एजुकेशन नेटवर्कमा जानु भयो भने क्यानडा जाने प्रोसेसको बारेमा राम्ररी बुझ्न सक्नु हुन्छ। यहाँहरुले चिनेको ठाउँबाट जान सक्नु हुन्छ । तर, बुझेर जानुहोस भन्ने हाम्रो अनुरोध हो । विस्तृत कुराकानी तलको भिडियोमा छ
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्