तेस्रो टी-ट्वान्टीमा आज नेपाल र जिम्बावे 'ए' खेल्दै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– तेस्रो टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज नेपाल र पाहुना टोली जिम्बावे 'ए' बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र जिम्बावे 'ए' बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ । नेपाल र जिम्बावेबीचको दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो। टी-ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्