नेभिगेशन
जीवनयापन

जनावरबाट मानिसमा रोग सर्ने क्रम बढ्दै, सचेत रहन विज्ञको सुझाव

काठमाडौँ– पछिल्लो समय नेपाललगायत विश्वमा विभिन्न प्रकारका रोगहरु देखा पर्ने गरेका खबरहरु सार्वजनिक भइरहेका छन् ।

विश्वका कतिपय ठाँउमा जनावरबाट मानिसमा अनेक थरीका रोग सरेको पाइन्छ । जनावरबाट मानिसमा सर्ने रोगहरुले मानव स्वास्थ्यमा जटिल समस्या र चुनौती थपिँदै गएको छ ।

त्यसैगरी विश्वव्यापी तापमानमा भएको वृद्धि, जनसंख्यामा भएको एकनासको वृद्धिसँगै सामाजिक तथा आर्थिक विकासको घट्दो दरका कारण जनावरबाट मानिसमा रोग सर्ने र त्यसले महामारीको रुप लिने सम्भावना १.६३ गुणाले वृद्धि भएको अध्ययनहरुले देखाएका छन् । जन्मँदै लिएर आएको रोग प्रतिरोधात्मक शक्ति व्यक्ति–व्यक्ति, जाति–जातिबीच फरक फरक हुन्छ । त्यस्तै जनावर र मानिस फरक–फरक जातिका हुन् ।

बाहिरी देशहरुमा यसबारे अनुसन्धान सुरु भइसके पनि नेपालमा भने अहिलेसम्म सुरुवात हुन नसकेको उनको भनाइ छ । धेरैजसो अध्ययनका अनुसार विभिन्न भौगोलिक अवस्थितिमा भएको जलवायु परिवर्तनसँगै जनावरबाट भाइरस अनुकुलित वातावरण सिर्जना भई मानिसमा संक्रमण फैलन सक्ने उल्लेख छ ।

त्यसैले वंशाणुगत तत्वको बनावट पनि फरक–फरक हुनाले साधारणतया मानिसलाई लाग्ने रोगहरु जनावरमा सर्दैनन् । जस्तैः टाइफाइड, हैजा, भिरिङ्गी आदि । यसरी नै जनावरलाई लाग्ने रोगहरु पनि साधारणतया मानिसमा लाग्दैनन् । यो रोग प्रतिरोधात्मक शक्तिलाई स्पेसिज (जातीय) इम्युनिटी भनिन्छ ।

तर प्राकृतिक यस नियमका विपरीत जनावरबाट लाग्ने रोगहरुको महामारीले विश्व आक्रान्त भइरहेको वर्तमान अवस्थामा मानिस जन्मँदै जातीय रोग प्रतिरोधात्मक शक्ति हुँदाहुँदै पनि यस्ता रोगबाट के कारणले र कसरी संक्रमित भइरहेका छन् त भन्ने बारे विवेचना गर्न आवश्यक देखिएको छ ।

यसबारे सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन पछिल्लो समय मानिसहरुमा यस्ता रोगहरु सर्नुको कारण जथाभावी रुपमा जनवारको मासु खानु, जनावरसँग धेरै नजिक हुनु तथा अन्य विभिन्न कारणले गर्दा विश्वमा यस प्रकारका रोगहरु मानिसमा सर्दै आएको बताउँछन् । उनका अनुसार जनावरबाट सर्ने रोगबाट बच्न जनवारको प्रत्यक्ष सम्र्पकमा नरहने तथा मासु खाँदा राम्रोसंग पकाएर खानु नै उपयुक्त विकल्प हुन् । साथै यसको समाधानका लागि उपयुक्त उपायबारे अनुसन्धान हुन जरुरी रहेको पुनले बताए ।

बाहिरी देशहरुमा यसबारे अनुसन्धान सुरु भइसके पनि नेपालमा भने अहिलेसम्म सुरुवात हुन नसकेको उनको भनाइ छ । धेरैजसो अध्ययनका अनुसार विभिन्न भौगोलिक अवस्थितिमा भएको जलवायु परिवर्तनसँगै जनावरबाट भाइरस अनुकुलित वातावरण सिर्जना भई मानिसमा संक्रमण फैलन सक्ने उल्लेख छ ।

यसरी विगतमा पटकपटक भएका महामारी जलवायु परिवर्तनले गर्दा वातावरणमा आउने परिवर्तनको प्रभाव भएकाले कोभिड–१९ जस्ता थप नयाँ प्रकारका भाइरसजन्य महामारीहरु भविष्यमा अझ बढेर जाने सम्भावना रहेको विज्ञहरुले औँल्याएका छन् ।

आज विश्वको बढ्दो जनसंख्या वृद्धिदरसँगै प्रकृतिलाई पनि संरक्षण गर्दै प्रकृति र मानवको बिग्रँदो सम्बन्धलाई आधारभूत रुपमा नै पुनःजागरण गर्न जरुरी देखिएको विज्ञहरुको जोड छ ।

जसका लागि जनावरबाट उत्पति भएका मानिसलाई सर्ने रोगहरुको जड कारण र मानवका कारणले पारिस्थितिक प्रणालीमा ल्याएको असन्तुलनलाई सम्बोधन गर्न अति आवश्यक देखिएको छ । यसका लागि मानव, जनावर र वातावरणीय स्वास्थ्यबीचको सम्बन्धलाई बुझि अघि बढ्न सके यस प्रकारको महामारी फैलनबाट रोक्न सकिने विज्ञहरु बताउछन् ।

विश्वव्यापी रुपमा फैलिएको वर्तमान महामारीबाट उन्मुक्ति पश्चात् पुनः हुन सक्ने यस प्रकारका महामारीबाट बच्न पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न सहयोग गर्ने दिगो योजना तथा यसको प्रभावकारी कार्यान्वयनको खाँचो रहेको छ । जसले गर्दा प्रकृतिले मानव अस्तित्वलाई बचाइराख्न सदा सहयोग गर्नेछ । प्रकृतिसँग मानवको सम्बन्ध सघन रुपमा जोडिएको छ ।

त्यसैले प्रकृतिलाई जोगाउनबाट चुकेको खण्डमा भने प्रकृतिले पनि मानवलाई जोगाउन नसक्ने स्पष्ट रुपमा देखिएको छ । यसरी विगतमा पटकपटक भएका महामारी जलवायु परिवर्तनले गर्दा वातावरणमा आउने परिवर्तनको प्रभाव भएकाले कोभिड–१९ जस्ता थप नयाँ प्रकारका भाइरसजन्य महामारीहरु भविष्यमा अझ बढेर जाने सम्भावना रहेको विज्ञहरुले औँल्याएका छन् ।

आधारभूत स्वास्थ्य सेवाहरुलाई मजबुत बनाउँदै यस महामारीलाई अवसरका रुपमा उपयोग गरी भविष्यका महामारीहरुसँग जुध्न सक्ने आधारशीला तयार गर्ने एक दिगो तथा दूरदर्शी योजनाको आवश्यकता रहेको सरोकारवालाहरुको जोड छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्