पार्टी कारबाहीपछि कर्ण मल्लले गरे प्रदेश सांसदबाट राजीनामा घोषणा

बिहीबार, मंसिर १, २०७९

डडेलधुरा - नेपाली कांग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्व सभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् ।

बिहीबार डडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् । ‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिंदैन,’ पत्रकार सम्मेलन गर्दै उनले भने, ‘आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्