अहिलेसम्म एमाले सरकार रहेको भए नेपाल श्रीलंका भइसक्थ्यो : प्रकाशशरण महत

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेको सरकार रहिरहेको भए नेपाल यतिबेलासम्म श्रीलंका भइसक्ने बताएका छन् ।

कांग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवारको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रमलाई बिहीबार आयोजित सभालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । ‘एमालेको नेतृत्व रहिरहेको भए नेपाल यतिबेलासम्म श्रीलंकाको बाटोमा गइसक्थ्यो । आर्थिक रुपमा संकटमा परिसक्थ्यो’, उनले भने, ‘हामी सरकारमा आएपछि अमेरिकाले ६० अर्ब दियो । भारतले ८० अर्ब दिँदैछ । चीनले पनि हामीलाई सहयोग दिँदैछ । अर्थतन्त्र संकटमा जानबाट जोगिएको छ ।’

उनले देशभर स्थानीय तह निर्वाचनमा तालमेल भएकाले कांग्रेसले प्रचण्ड बहुमत ल्याउने पनि बताए । ‘तालमेल भएकाले हामीले प्रचण्ड बहुमत ल्याउँछौं’, उनले भने, ‘हामी देशलाई गफमयबाट काममय बनाउँछौं । हामी विकास र समृद्धिको युग ल्याउँछौं ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्