रेणुविरुद्ध ‘बागी’ दिएका जगन्ननाथ उम्मेदवारी फिर्ता लिन ‘सकारात्मक’

बिहीबार, मंसिर १, २०७९

चितवन - भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनको उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई मनाउने प्रयास जारी छ । यस क्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठले पौडेलसँग भेटवार्ता गरेका छन् ।

भरतपुर महानगरपालिका-७ स्थित पौडेलको घरमै पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । यस क्रममा पौडेलबाट सकारात्मक जवाफ पाइएको राज्यमन्त्री श्रेष्ठले बताएका छन् । पौडेललाई कांग्रेसका नेतासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत उम्मेद्वारी फिर्ता गर्न आफ्नो तर्फबाट पहल गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार