एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्तारुढ नेकपा (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच आज (बिहीबार) एकता हुने भएको छ ।

एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने उद्देश्यले एनेकपासँग एकता गर्न लागिएको पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिएका छन् ।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिने जनाइएको छ । नेकपा (एमाले) बाट विद्रोह गरी स्थापित भएको एकीकृत समाजवदाीले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्