गर्मी मौसममा यस्ता छन् छालाको ख्याल गर्ने उपायहरु

बिहीबार, मंसिर १, २०७९

जाडोयामको अन्त्य भएसँगै गर्मी बढ्दै गएको छ । पछिल्लो समय नेपालमा तापक्रमको स्तर ह्वात्तै बढेको छ । जसका कारण हाम्रो अनुहार लगायत शरीरका अन्य भागहरुमा विभिन्न प्रकारका परिवर्तनहरु देखा पर्ने गर्दछन् । शरीरको सबैभन्दा संवेदनशील अंगहरुमा छाला पनि पर्दछ । त्यसकारण यसको ख्याल राख्नु अत्यन्तै आवश्यक छ ।

सुन्दर देखिनु हरेक मानिसको चाहना हुन् , भनिन्छ यसले मानिसलाई एक प्रकारको आत्मविश्वास प्रदान गर्ने गर्दछ त्यसमाथि पछिल्लो समया त झन इन्टरनेको पहुँचले हरेक मानिसमा सुन्दर बन्ने चाहना बढ्दै गएको देखिन्छ । फलस्वरुप मानिसहरु चिकित्सकको सल्लाह विना नै जथाभावी कस्मेटिक समानहरु प्रयोग गर्ने गर्दछन् । जसका कारण पनि अनुहारमा सानै उमेरमा विभिन्न प्रकारका समस्याहरु देखा पर्ने गरेको छाला रोग विशेषज्ञहरुको भनाइ छ । त्यस्तै गर्मीयामले बुढापाकादेखि बालबालिकालाई समेत सताउने गर्दछ ।

धुवाँ, धुलो, पसिना अथाव घर भन्दा बाहिरको चर्को घाममा दैनिक दौड्धुपको कारण अनुहारको स्याहार-सुसारमा विशेष ध्यान नदिए छालामा असर पुग्दछ । सामान्यतया गर्मी मौसममा अनुहारमा विभिन्न प्रकारका परिवर्तनहरु देखा पर्ने गर्दछन् । गर्मीमा पसिना बढी आउने हुन्छ । सोही कारण गर्मीमा घमौरा आउनुका साथै छाला रातो हुने, चिलाउने, घाउ हुने, अनुहारमा डन्डिफोर लगायतका विभिन्न प्रकारका घाउ खटिराहरु देखा पर्ने हुन्छन् । विज्ञका अनुसार छाला सामान्यतया सुक्खा, चिल्लो र समान्य गरी तिन प्रकारको हुने गर्दछ । सोही कारण छालाको प्रकारअनुसार समस्याहरु देखा पर्दछन् । चिकित्सक तथा विज्ञका अनुसार गर्मी मौसममा छालामा लाग्न सक्ने रोगहरुबाट बच्नको लागि यि उपायहरु अपनाउन सकिन्छ ।

- गर्मीको समयमा धेरै तातोपानीमा ननुहाउने

- प्रशस्त मात्रामा पानी पिउने

- पसिना आउने अंग पुछिराख्ने वा सुतीको पसिना सोस्ने लुगा लगाउने

- हल्का खुकुलो खालको लुगा लगाउने

- घाममा निस्कँदा लुगाले नछोप्ने भागमा सन्सक्रिम लगाउने र विशेष गरी सन्सक्रिमहरुको प्रयोग गर्दा सकेसम्म डाक्टरको सुझाव अनुसारको सन्सक्रिमहरुको मात्र प्रयोग गर्ने

- गर्मीमा हिँड्दा छाता ओढ्ने

- गर्मीमा बाहिर निस्कँदा क्याप लगाउने

- गर्मीको समयमा खानपानमा विशेष ध्यान दिने

- नियमित रुपमा शारीरिक अभ्यास गर्ने

- अनिदो नबस्ने

- प्रदूषित वातावरणमा नबस्ने अथाव सरसफाइमा ध्यान दिने

- चर्को घाममा निस्कँदा सकेसम्म हात खुट्टा छोपिने सुतीका लुगा लगाउने

- सुख्खा, चिल्लो र सामन्य छाला भएकाहरुले चिकित्सकको सल्लाहअनुसार मोस्चराईजर प्रयोग गर्ने ।

छाला रोग विशेषज्ञका अनुसार गर्मी मौसममा पसिना र चिल्लोका कारण छालामा धुलोधुँवा टाँसिएर बिमिरा, डण्डिफोर, छाला कालो हुने, चाया, कालोपातो देखिने र पहिलैदेखि अनुहारमा भएको चाया पोतोलाई गर्मी याममा ख्याल नगरेको खण्डमा थप अनुहार तथा शरीरका अन्य भागका छालामा समेत समस्या देखिने सम्भावना धेरै हुन्छ ।

गर्मीका कारण साना बालबालिकादेखि अन्य उमेर समूहका मानिसहरूमा फरक-फरक स्वास्थ्य समस्या देखिन सक्छ । धेरै पसिनाका कारण ग्रन्थिहरू टाँसिन गई छालामा आँखाले देख्न नसकिने ब्याक्टेरियाहरूको सङ्क्रमणका कारण धेरै समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् । त्यसकारण यस मौसममा अनुहारको स्याहार सुसारमा हेल्चेक्राई गरेमा सुन्दरताविहीन हुने सम्भावना समेत रहेको विशेषज्ञहरु बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्