साढे ८ बजेसम्म ८२ हजार २ सय १० जनाले गरे उम्मेदवारी दर्ता

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - स्थानीय तहको निर्वाचनको लागि देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका हुन् । आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै आयोगका अनुसार उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्